नियम १०६
फिहरिस्त खडा गर्ने
(१) इजलाससमक्ष निर्णयको लागि पेस हुने प्रत्येक मुद्दाको मिसिलको मुख्य लिखतको छुट्टै फिहरिस्त खडा गरी तायदाती फारामसँगै राख्नुपर्छ।

(२) उपनियम (१) बमोजिम खडा गरिएको मुख्य लिखतहरूको फिहरिस्तमा जनिएका लिखतको क्रमसङ्ख्या छुट्टै पुर्जामा लेखी सो लिखतको शिरमा सजिलैसँग पत्ता लगाउन सकिने गरी नत्थी गर्नुपर्छ। (३) उपनियम (१) बमोजिम फिहरिस्त खडा गर्ने र उपनियम (२) बमोजिम नत्थी गर्ने कर्तव्य सो मुद्दाको मिसिल जिम्मा लिने फाँटवालाको हुनेछ।